विकासशीलमा स्तरोन्नति प्रक्रियालाई सहज बनाउँछौंः मन्त्री महासेठ

काठमाडौँ, ६ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुनु विकासको कोसेढुङ्गा हुने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभा र अतिकम विकसित मुलुकसम्बन्धी आर्थिक तथा सामाजिक परिषद्को संयुक्त विषयगत कार्यक्रमलाई शुक्रबार भिडियो सम्बोधन गर्नुहुँदै उहाँले निजी, सार्वजनिक, आन्तरिक र बाह्य स्रोत परिचालन गरी स्तरोन्नति प्रक्रियालाई सहज र दिगो बनाउने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आधाजति अतिकम विकसित मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्न सक्षम बनाउने लक्ष्य लिएको स्तानबुल कार्ययोजनाको चर्चा गर्दै मन्त्री महासेठले सामूहिक लक्ष्य हासिल गर्न सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । उहाँले सन् २०२२ जनवरीमा दोहामा आयोजना हुने अतिकम विकसित मुलुकको पाँचौँ संयुक्त राष्ट्रसङ्घीय सम्मेलनले अतिकम विकसित मुलुकको स्तरोन्नतिका लागि महìवपूर्ण कार्य गर्नेविश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा राष्ट्रसङ्घका सदस्य मुलुकका उच्चाधिकारीको सहभागिता रहेको अमेरिका स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको स्तरमा स्तरोन्नति गर्न सिफारिस गरेको छ ।

सोही अनुसार संयुक्त राष्ट्रसङ्घको महासभामा स्तरोन्नति प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी भइरहेको अमेरिका स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले जानकारी दिनुभयो । यो समाचार गोरखापत्र देनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021