सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको छ: नेता पौडेल

तनहुँ, ५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताउनुभएको छ ।

स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज आयोजित कार्यक्रममा उहाँले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिनुभएको छ । वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक दुई धु्रवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौं । हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।”

सो अवसरमा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब रु ३५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सबै पालिकालाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण रिएको थियो । जिल्ला समन्वय समितिले संयोजन गरेको कार्यक्रममा ११ अक्सिजन कन्सन्ट्रेटर, फेसमास्क १३ हजार ५०, एन ९५ मास्क एक हजार तीन सय ५०, पिपिई चार सय ४० लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

व्यास, शुक्लागण्डकी, भिमाद, शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ, ऋषिङ र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । साथै तनहुँको दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021