महन्थ ठाकुरले कीर्ते गरेको उपेन्द्र पक्षको आरोप

काठमाडौँ, ५ असार । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षमाथि कार्यकारिणी समितिको निर्णयमा कीर्ते गरेको आरोप लगाएको छ ।

७ पुस २०७७ मा बसेको बैठकले कार्यकारिणी समिति हेरफेरको अधिकार आफूलाई दिएको र त्यसअनुसार नयाँ कमिटी बनाएको भन्दै अध्यक्ष महन्थ ठाकुर १ असारमा निर्वाचन आयोग जानुभएको थियो । उहाँले कार्यकारिणी समितिको माइन्युटको कपी पेश गर्नुभएको छ । जसमा ठाकुरलाई पहिलो वरीयताको अध्यक्ष मान्ने, कार्यकारिणी समिति पुनर्गठन गर्ने अधिकार दिने उल्लेख छ ।

तर उपेन्द्र यादव पक्षले त्यसको खण्डन गरेको छ । प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै ९ पुसमा बसेको बैठकले कार्यकारिणी समिति पुनगर्ठनको अधिकार ठाकुरलाई नदिएको बताउनुभयो । त्यसबेला भएको निर्णयमा अध्यक्षद्वय ठाकुर र यादवले हस्ताक्षर गरेर जिल्ला समितिदेखि भ्रातृ संगठनहरुलाई समेत पठाइएको उल्लेख गर्नुभयो । आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराहमा पार्ने उद्देश्यले नक्कली बैठक पुस्तिका तयार गरिएको उनको दाबी छ ।

खतिवडाले भन्नुभएको छ, ‘हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । यसको प्रकारको कीर्ते, जलसाजी गरी निर्णय नै नभएको विषयलाई निर्णय भनी गरिएको कार्यप्रति जसपा नेपाल खेद व्यक्त गर्दै यस्ता कीर्ते कार्यको निन्दा समेत गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021