मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग

सिन्धुली, ५ असार । यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

शुक्रबार मेलम्ची नगरपालिका पुगेका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक प्रदान गरेका थिए । 

प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि १ लाख ५० हजारको चेक प्रदान गरेको अध्यक्ष बम्जनले जानकारी दिए । हेलम्बुलाई प्रदेशसभा सदस्य युवराज दुलालमार्फत चेक पठाइएको हो । 

साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैया आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए । 

त्यस्तै मेलम्चीलाई हास्य कलाकार दिनेश काफ्लेले १३ हजार रुपैँया सहयोग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021