ब्रिक्स सम्मेलनमा भारतको अध्यक्षतालाई चीनको समर्थन

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था ब्रिक्सको अध्यक्षता यसबर्ष भारतले गर्ने भएको छ ।

यो बर्षको ब्रिक्सको सम्मेलनमा भारतले अध्यक्षता गर्ने बिषयमा चीनले समेत समर्थन गरेको जनाइएको छ । भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जीन पिङ पनि सहभागी हुने संभावना रहेको जनाइएको छ । भारत र चीनबीच सीमा क्षेत्रमा जारी तनाबका बीच भारतको आयोजनामा हुन गइरहेको ब्रिक्स सम्मेलनलाई चीनले समर्थन गरेको हो ।

दुर्इ देशबीच जारी तनाबका बाबजुद ब्रिक्स सहकार्य महत्वपूर्ण रहेको र सम्मेलनमा भारतको अध्यक्षतालाई चीनले समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबीनले बताएका छन् । भारतले आयोजना गर्ने सम्मेलनलाई समर्थन गर्दै भारत र ब्रिक्स सदस्य सबै देशहरुसँग आर्थिक, राजनीतिक सहकार्य बिस्तार गर्न चीन ईच्छुक रहेको पनि वाङले बताए ।

केही दिन अघि दुर्इ देशले पूर्वी लद्दाख र पश्चिमी तिब्बतको क्षेत्रमा जोडिएको पाङङ ताल क्षेत्रमा सैन्य संलग्नता रोक्ने र सीमा तनाबलाई आपसी समझदारीबाट समाधान गर्ने सहमति भएको थियो । यद्यपी सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारत र चीनबीच भएको ७३ दिन सम्मको गतिरोधका बाबजुद केही समयपछि चीनले आयोजना गरेको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी उपस्थित भएका थिए । आर्थिक विकासको बाटोमा रहेका र क्षेत्रीय प्रभाव भएका यी पाँच मुलुकको सहकार्य सन् २००९ बाट सुरु भएको हो । स्रोतः फाइनान्सियल पोष्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021