भारतको जम्मू–कश्मीरमा आगनवाडी केन्द्रहरु संचालनमा

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् ।

कोभिड–१९ महामारीका कारण विगत ११ महिना देखि बन्द रहेको रजौरी जिल्लास्थित एक हजार छ सय ६९ आगनवाडी सेन्टरहरु पुनः सुचारु भएका हुन् । भारतका बिभिन्न क्षेत्रहरुमा कोभिड–१९ को प्रतिबन्धहरु खुकुलो भएसँगै रजौरीस्थित आगनवाडी सेन्टरहरु पनि पुनः संचालनमा आएका हुन ।

भारत सरकारकारले सन् १९७५ देखि बालबालिका विकास सेवा अन्तरगत ग्रामिण क्षेत्रहरुमा विपन्न बालबालिकाहरुका लागि आधारभूत शिक्षा, स्वास्थ्य, खानाको व्यवस्था गरी आगनवाडी कार्यक्रम सञ्चालन गरिरहेको छ । कोभिड–१९ महामारीका समयमा पनि सेन्टरका कार्यकर्ताहरुले मानिसको घर–घरमा गएर आवश्यक औषधी, खाना प्रदान गरेको रजौरीस्थित आगनवाडी कार्यक्रमका अधिकारीले बताएका छन् ।

कोभिड–१९ महामारीका समय शिक्षाबाट वञ्चित भएका विपन्न बालबालिका तथा अभिभावकहरु आगनवाडी सेन्टरहरु पुनः सुचारु भएपछि खुःसी भएको एक कार्यकर्ताले बताए । स्रोतः हिन्दुस्तान टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३