काँग्रेसको सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यालय तालाबन्दी

बिराटनगर, ५ असार । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले कार्यालय तालाबन्दी गरेका छन् ।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जाी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिराटनगर वडा नम्बर ३ निवासी सक्रिय काँग्रेस कार्यकर्ताहरूको योगदानको मूल्यांकन गर्दै क्रियाशील सदस्यता दिइनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक