चरम संकटमा निजी विद्यालय

काठमाडौँ, ५ असार । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।

लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको आम्दानी खोसिएपछि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने क्रम बढेको पीडित अभिभाव बताउँछन् । यसैका कारण पनि निजी विद्यालय थप संकटमा पर्दै जान थालेका हुन् ।

हाल देशभर झन्डै १० हजार निजी विद्यालय रहेका छन् । यही अवस्था रहिरहे सयांै विद्यालय बन्द हुन सक्ने सञ्चालकको भनाइ छ । वैकल्पिक विधिबाट कक्षाहरू भए पनि अभिभावकले पूर्ण शुल्क नतिरेकाले संकट बेहोर्नुपरेको निजी विद्यालयका सञ्चालक बताउँछन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate