नेता थापालाई आफ्नै कार्यकर्ताद्वारा कडा काउण्टरः सवै कर्तुत खोलीदिने चेतावनी

काठमाडौँ, ५ असार । सत्तारुढ दल नेकपा एमालेका नेता कर्ण थापालाई आफ्नै कार्यकर्ताले कडा चेतावनी दिएका छन् । एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका महासचिव रमेश आचार्यले नेता थापाले पूर्वाग्रह राखेर चुक्ली, कैँची तथा छुरी शैलीमा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय कमिटी सदस्य महेश बस्नेतविरुद्ध भ्रम सिर्जना गरेको भन्दै कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।

महासचिव आचार्यले इन्चार्ज बस्नेतको विगतको इतिहास नै आम नेपाली जनता तथा युवाहरुको लागि पर्याप्त प्रमाणहरुको साथमा रहेको स्मरण गराउँदै भ्रमको खेती नगर्न नेता थापालाई चेतावनी दिनुभयो । संघका इन्चार्ज बस्नेतलाई गृहमन्त्री बन्न नदिने को को हो भन्ने आफुहरुलाई प्रष्ट रहेको उल्लेख गर्दै महासचिव आचार्यले समय क्रममा त्यस्ता व्यक्ति वा नेताहरुको एक पछि अर्को गर्दै कुर्तत (दृष्टान्तहरु) भण्डाफोर गर्दै जाने समेत चेतावनी दिनुभयो ।

उहाँले भन्नुभएको छ, ‘कमरेडले पुर्वाग्रह राखेर चुक्ली, कैँची र छुरी शैलीमा क. महेश बस्नेतकाविरुद्ध भ्रम श्रृजना गर्न खोज्नुभएछ । नेपाली समाज भ्रमपूर्ण कुरा के हो र सत्य कुरा के हो छुट्याउन सक्षम छ । कमरेडहरुलाई लाग्दो हो हामीले भनेपछि नेपाली समाजले पत्याईहाल्छ, हो कुनैबेला भ्रमपूर्ण कुरा पनि नेपाली समाजमा विक्थ्यो, त्यो भनेको माओवादीकालीन समयमा । तर अहिले नेपाली समाज चुक्ली लाउने कुरा, कैँची काट्ने कुरा र छुरी रोप्ने कुरा कुन-कुन हुन् छुट्याउन सक्षम छन् किनकि क. महेश बस्नेत कै नेतृत्वमा भौतिक ढंगले माओवादीबाट भ्रम मुक्त समाज निर्माण गरिएको थियो ।’

इन्चार्ज बस्नेतलाई गहृमन्त्री हुन नदिने स्वंयम थापासहितका नेताहरु हात धाएर लागेको संकेत गर्दै महासचिव आचार्यले इन्चार्ज बस्नेतको राजनीतिक उचाई कसैको चाप्लुसी, चुक्ली, कैँची र छुरी शैली नभई उहाँको सफलताको बल भनको कार्यकर्ता र जनताबीचमा पटक पटक परिक्षण हुन तयार हुने विधि भएको र जन आज प्रमाणीत भएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेडले अलिकति बङ्ग्याएर क। बस्नेत का बारेमा अभिव्यक्ति दिनुभएछ:- गृहमन्त्रीमा क. बस्नेतको नाम थिएन । यसलाई कमरेडले यसरी भनिदिएको भए सत्य हुन्थ्यो होला :- ठाउँमा भएको सुनिन्थ्यो तर हाम्रोमा थिएन र सुन्ने बित्तिकै हामीले कायम हुन दिएनौं । क. महेश बस्नेतले आज जुन राजनीतिक उचाइ प्राप्त गर्नुभएको छ त्यसको बल भनेको चाप्लुसी, चुक्ली, कैँची र छुरी शैली होइन उँहाको सफलताको बल भनेको त कार्यकर्ता र जनताबीचमा पटकपटक परिक्षण हुन तयार हुने विधि हो जुन आज प्रमाणीत छ । कमरेडहरुले क. बस्नेतका बारेमा जे टिप्पणी गर्नुभएको छ त्यो तथ्यले गलत भन्छ किनकि पार्टी स्थायी कमिटीले क. महेश राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघको ईन्चार्ज बनाउने निर्णय गर्यो तर सर्कुलर जारी गर्ने बेलामा कमरेडहरुले नै खेलकुद महासंघको ईन्चार्ज हटाउन लगाउनुभयो । यो त एउटा मात्र दृष्टान्त हो यस्ता दृष्टान्त त कयौं छन् जुन समयक्रमसँगै खोल्दै जाउँला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु

काठमाडौँ, १४ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्दा दायर गरिएको छ । प्रवर्तन