‘कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई’

काठमाडौँ, ५ असार । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ । ठाकुर पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि आयोगलाई बुझाएको हो ।

नागरिकलाई उपलब्ध भएको कागजातअनुसार २०७७ पुस ७ गतेको कार्यकारिणी समिति बैठकको माइन्युटिङमा भनिएको छ, ‘केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीको पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।’

यसैगरी माइन्युटिङको २ नम्बर बुँदामा भनिएको छ, ‘बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारका लागि पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको छ ।’ बैठकको माइन्युटिङमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवसहित ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षर छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जाली काम गरेको बताए । २०७७ पुस ७ गते कार्यकारिणी समितिको बैठक नबसेको र ठाकुरलाई कार्यकारिणी समिति फेरबदल गर्न अधिकार दिने सम्बन्धमा कुनै निर्णय नगरिएको यादवले बताए । ‘उहाँहरूले सबै काम जाली गर्नुभएको छ । ठाकुरजीलाई त्यस्तो कुनै अधिकार दिइएको छैन’, यादवले भने । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021