अब कालोबजारी, महङ्गी र व्यापारीको मनोमानी चल्दैन: मन्त्री यादव

काठमाडौँ, ४ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महङ्गो र व्यापारीको मनोमानी नचल्ने बताउनुभएको छ ।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार पहिलोपटक गृह जिल्ला आएका मन्त्री यादवले सिरहाको चोहर्वास्थित रेडक्रसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले व्यवसायीको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हितमा हुनुपर्ने बताउनुभयो । देशमा कालोबजारी, महंगी र व्यापरीका मनोमानी हुन नदिने दृढता बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापारी व्यवसायीहरुको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्छ तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महङ्गी र व्यापारीको मनोमानी चल्दैन ।’

ठूलठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने दावी गर्दै उहाँले जनतालाई हित हुने गरी सेवा भावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमी नहुने बताउनुभयो ।

कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादव उल्लेख गर्दै मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै यही मन्त्रालय भएकाले आफूले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका