बागीलाई कांग्रेसमा अब ‘नो इन्ट्री’

काठमाडौँ, ४ असार । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणमा कडाइ गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने विद्रोहीरबागीलाई क्रियाशील सदस्यताबाटै बञ्चित गर्ने निर्णय कांग्रेसको छ । १४ औं महाधिवेशनको संघारमा कांग्रेसले जिल्ला कार्यसमितिमा परिपत्र गरेर गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने भूमिका खेल्ने बागी, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नै नदिन भनेको छ ।

साथै अनुशासनको कारवाही गरिएकालाई पनि क्रियाशील सदस्यता नदिन कांग्रेसले मातहत निकायलाई निर्देशन गरेको छ । यो नियम कार्यान्वयनमा आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेका गोविन्दराज जोशीले क्रियाशील सदस्यता पाउने छैनन् ।

यसअघि नै कांग्रेसले जोशीलाई ५ वर्षका लागि पार्टीबाट निकालेको थियो । त्यसबेला आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले यस्तो कारवाही गरेकोमा पार्टीभित्रबाटै विरोध भएको थियो । भीष्मराज आङ्देम्बे संयोजक रहेको अनुशासन समितिले जोशीको सदस्यता नै खारेज गरिदिएको थियो । २०७५ साउनमा बसेको समितिको बैठकले पूर्वसहमहामन्त्री जोशीलाई सदस्यबाट हटाएको थियो ।

यस्तै पूर्वराज्यमन्त्रीसमेत रहेका कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझालाई पनि पाँच वर्षका लागि सदस्यबाट हटाइएको थियो । ओझालाई पार्टी नेता आरजु राणा देउवालाई २०७४ को चुनावमा असहयोग गरेको आरोपमा निकालिएको थियो । जोशी र ओझासहित दुई सय ७९ जनाभन्दा बढीलाई कांग्रेसले यसबीचमा अनुशासनको कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ५ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021