गण्डकीका मुख्यमन्त्री नेपालीले प्राप्त गरे विश्वासको मत

पोखरा, ४ असार । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे । जुन सरकार बनाउन आवश्यक मतभन्दा १ मत बढी हो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गत सोमबार सर्वोच्चले पदमुक्त गरेपछि गण्डकीको सांसद संख्या ५९ कायम भएको थियो । सांसद संख्या ५९ भएपछि सरकार जोगाउन ३० मत भएपनि पुग्छ ।

गत शनिबार संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३१ मत पाए । उनले काङ्ग्रेसका १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २/२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को १ मत पाएका हुन ।

प्रतिपक्षमा रहेको एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्यो। विपक्षमा २७ मत पर्यो । गण्डकी प्रदेशसभामा ५८ जना सांसद मतदानमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ५ कार्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021