अवसरवादी गठबन्धनको सरकार बनेको बन्योः नेता गुरुङ

पृथ्वी सुब्बा गुरुङ

पोखरा, ४ असार । गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव पक्ष तथा जनमोर्चासहित अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको बताउनुभएको छ ।

आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघ तथा प्रदेशमा भएको गठबन्धन स्वार्थ तथा अवसरवादीहरुको मात्र भएको बताउनुभयो । सरकार जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै उहाँले नेता तथा पार्टीको लागि नभई जनताकेन्द्रीत सरकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताउँदै नेता गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ । संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा