जनसेवामा ‘राष्ट्रिय युवा संघ’: पिडाले दुखेको घाउमा मलम लगाउँदै

काठमाडौँ, ४ असार । आम नेपाली युवाहरुको ढुकढुकी, नेपाली जनताको दुःख सुखको सारथी तथा मुलुकको दर्विलो, गर्विलो, विश्वाशिलो तथा भर पर्दो संगठन हो, राष्ट्रिय युवा संघ नेपाल । विगतदेखीको इतिहास ‘जहाँ समस्या, त्यहाँ राष्ट्रिय युवा संघ’को पहिचान हालसम्म पनि ताजा रहेको छ, जनमानसको मनमुटुमा रहेको छ । हिमाल, पहाड, तराई कोही छैन पराई भन्दै मुलुकका जुनसुकै ठाउँहरुमा जनताको दुःख सुख तथा समस्यामा समेत अब्बल सावित गर्दै जनताको साथमा रहेको संगठन हो राष्ट्रिय युवा संघ नेपाल ।

मुलुकको जुनसुकै ठाउँमा जब जब समस्या पैदा हुन्छ, तब तब पिडितको पिडाले दुखेको घाउमा मलम लगाउने कार्यमा अग्रभागमा खटिने इतिहास युवा संघको पहिचान नै हो । जनताको पिडालाई आफ्नो पिडाको रुपमा लिई संघले जहिले विगत, तथा वर्तमानसमेत सहयोगी हातहरु फैलाउने गरेको छ । र भविष्यमा समेत आफ्नो छुट्टै पहिचानलाई व्यापक विकास र विस्तार गर्दै लैजाने संघले बताएको छ । तराई, पहाड, हिमाल जहाँसुकै भएपनि विगतमा बाढी, पहिरो, डुवान, हावाहुरीलगायतका प्राकृतिक प्रकोपबाट पिडितको सारथीको रुपमा संघ जहिले पनि हाजिर हुने गरेको छ । संघले समस्या आएको खण्डमा आफ्नै पहुँचको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत स्रोतको व्यवस्थापनलाई जनताको आवश्यकतालाई ध्यान दिई गर्ने गरेको छ ।

पिडितले पिडा पोख्दै सहयोगी हातहरु फैलाउनुपर्ने अवस्थाको अन्त्य गर्दै समस्यामा परेका जनतालाई आफै खोज्दै सहयोगी भावना तथा जनसेवाको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी संघले लिने गरेको छ । जनतामा कुनै पनि प्रकारको समस्या आएको खण्डमा जनताले समस्याको चित्कारलाई कम गर्न आफै समस्यालाई समाधान गर्ने अग्रसर भएर अहोरात्र खट्ने एकमात्र संगठन राष्ट्रिय युवा संघ रहेको छ । चाहे कोरोना संक्रमणको महामारि होस्, चाहे महाभुकम्पको समय होस्, चाहे तराईको डुवान, चाहे हावाहुरीबाट विस्थापीत, चाहे बाढी पहिरोबाट पिडितलाई दुखेको घाउमा मलम लगाउने अग्रमोर्चामा रहने भूमिका निर्वाह गर्दै आएको छ ।

संघको नयाँ नेतृत्व आएसँगै अझ बढी संघको पहिचान बनेको छ, असहजतालाई सहजताको बाटोमा लैजानुपर्छ । विभिन्न संघसंस्था तथा राजनीतिक दल तथा दलका संगठनहरु सहजतामा आफ्नो पहिचानलाई प्रचारमूखी गर्ने गरेका छन् । तर सहजतामा प्रचारमूखी नभई असहजतालाई सहजतामा रुपान्तरण गर्ने संघको व्यवहार रहेको छ । यसै क्रममा तीन दिन अघिदेखी आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोमा गएको बाढी तथा पहिरोका कारण ठूलो मानविय तथा भौतिक क्षती भएको छ । हालसम्म के कति क्षती भयो भन्ने वास्तविक तथ्याङक आइनसके पनि त्यहाँको वस्तुस्थितीलाई मूल्याङकन गर्दा ठूलो क्षती भएको अनुमान गर्न सकिन्छ ।

यसै क्रममा दुई दिन अघि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्बुलगायतका क्षेत्रहरुमा आएको बाढी तथा पहिरोका कारण ठूलामात्रामा भौतिक तथा मानविय क्षती हुन पुगेको छ । जसले गर्दा अरवौ अरवको क्षती समेत भएको छ । बाढी पहिरोेका कारण सिन्धुपाल्चोकमा हालसम्म ७ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं मानिसहरु वेपत्ता रहेका छन् । त्यस्तै सयौं घरहरु डुवेका छन्, बगेका छन् । सयौं मानिसहरु विस्थापीत भएका छन् ।

संघले विहिवार उक्त समस्याग्रस्त ठाउँमा पुगी सेवा नै धर्म हो भन्ने कुरालाई मध्यनजर गर्दै पिडितलाई राहत, वस्दोवस्तीका सामाग्री, औषधीहरु, खाद्यान्यलगायतका सामाग्रीहरु सहित सवैभन्दा बढी समस्याग्रस्त ठाउँ हेलम्बु पुगेको छ । अन्य केही संगठन तथा संघसंस्थाहरुले सहयोगको लागि केही सहज भएका ठाउँहरुमा पुगी राहत, स्वास्थ्य सामाग्रीलगायतको केही व्यवस्थापन गरे पनि सहज ठाउँहरुमा मात्र गरेका छन् । तर संघले भने अहिले सम्म कसैले पनि सहयोग गर्न नसकेको सवैभन्दा समस्या ग्रस्त ठाउँ हेलम्बुमा पुगी राहत वितरण गरेको छ । जसले गर्दा उक्त स्थानका पिडित जनताहरुका लागि सहयोगी मन भएका संगठनहरु रहेको भन्ने अभास गराएको छ । विहिवार नै पनि केही संगठनहरुले मेलम्चीसम्म गई राहत तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए । तर हेलम्बुका नागरिकलाई भने कसैको नजर गएको थिए ।

संघले विहिवार करिव २० लाख बराबरको राहत, वस्दोवस्ती, खाद्यान्य तथा स्वास्थ्य सामाग्रीहरु लगेको छ । जसमा तीन सय ५० वोरा चामल, दाल, नुन, तेल, चिउरा, चाउचाउ, सावुन, त्रिपाल, झुल, टर्च लाईट, पेष्ट, व्रस, विस्कुट, माक्स, सेनेटाइजरलगायतका सामाग्रीहरु वितरण गरेको छ । संघले नगद रकम रु दुई लाख नगद समेत आवश्यकता हेरी वितरण गर्ने संघका महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । संघले आज उक्त सूमर्ण सामाग्रीहरु सवारी साधनका कारण पुग्न नसकेकोले आज र भोलीसमेत निरन्तर उक्त राहत तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिने संघका महासचिव आचार्यले जानकारी दिनुभयो । सरकारले जिम्मा दिएको खण्डमा तथा स्थानीय तहले संघले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएको खण्डमा बाढी पहिरो पिडितलाई अस्थायी बासस्थान निर्माण गर्ने समेत बताएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले बाढी र पहिरो पीडितहरुको उद्धार र राहतमा संघ नेपालको केन्द्रीय कमिटीलाई प्राकृतिक विपत्तिको यस घडीमा राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्दै संघको कार्यालयबाट विदाई गर्नुभएको थियो । उक्त टोलीको नेतृत्व संघका अध्यक्ष किरण पौडेलले गर्नुभएको छ । अध्यक्ष पौडेलको नेतृत्वमा उपाध्यक्षहरु क्षितिज थेवे, उर्मिला सुनुवार, असोक चौलागाई, रामजी सापकोटा उपमहासचिव, प्रकाश गौतम सचिव, महाराज गुरुङ सचिव, रविन्द्र लम्साल सचिवलगायतका ५५ जनाको टोली गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021