सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

काठमाडौँ, ४ असार । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र  डा. बाबुराम  पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

जसपाको उपेन्द्र यादव र  डा. बाबुराम भट्टराई  पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले  महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा,  शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ,  विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र  रेणुका गुरूङ  निष्कासन गर्ने निर्णय गरेको हो ।  

यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ । उपेन्द्र  डा. बाबुराम  पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन् । महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ । ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् ।

दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन् । आयोगले  एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ । उपेन्द्र  डा. बाबुराम  पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ ।

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। बैठकले बाढी  पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।  बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।  

पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका उपेन्द्र बाबुराम पक्षको  बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन् । विज्ञप्ति जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन् ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् ।