विपक्षी गठबन्धनलाई सशक्त बनाउन कांग्रेसमा जोड

काठमाडौँ, ४ असार । कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए ।

बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार्यले उठाएका प्रश्नको सभापति शेरबहादुर देउवाले तत्कालै जवाफ दिँदै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेको बताए ।

‘यस्तो गठबन्धन अहिले मात्रै भएको होइन । विगतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदाका बखत पनि भएको थियो,’ देउवाले भनेका थिए, ‘त्यतिबेला तपाईंहरूले नै गठबन्धन गरेको होइन ?’ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने गठबन्धन विश्वासिलो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अल्पमतमा परेका प्रधानमन्त्री ओलीमा अझै दुई तिहाइको धङधङी रहिरहेको टिप्पणी गरे ।

 प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतलाई लिखित जवाफ दिने क्रममा ओलीले प्रस्तुत गरेका तर्क र विश्लेषण राज्य सत्ताकब्जा गर्नेतिरै लक्षित रहेको कार्कीको भनाइ थियो । उनले विपक्षी गठबन्धनले जनतालाई भरोसा दिलाएको तर्क गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । नेताहरू रमेश लेखक, गगन थापा, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, उमाकान्त चौधरी, कल्याण गुरुङलगायतले विपक्षी गठबन्धनलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रेपलाञ्चोक, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०

काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा)

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021