सेयर बजारमा सामान्य करेक्सन

काठमाडौँ, ३ असार । आज सेयर बजार परिसूचक नेप्से १.३० अंकले घटेर २९६८.४२ अंकमा बन्द भएको छ ।

यही सोमबार ३०२५. ८३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्सेमा पछिल्लो तीन कारोबार दिनमा भने लगातार करेक्सन देखिएको छ ।

आज नेप्सेमा २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड ४९ लाख ५९ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा उपसूचकहरु मिश्रित देखिएका छन् । बजारलाई लिड गर्ने बैंकिङसँगै, जलविद्युत्, लगानी, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फन्ड उपसूचकमा करेक्सन हुँदा त्यसबाहेकका उपसूचक भने बढेको छ ।

आज नेप्सेमा विकास बैंक उपसूचक सर्वाधिक २.०१ प्रतिशत र वित्त कम्पनी उपसूचक १.४३ प्रतिशत र अन्य उपसूचक १.१९ प्रतिशतले बढेको छ ।

यता, बैंकिङ उपसूचक ०.५३ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक सर्वाधिक १.२१ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ५ कार्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021