काठमाडौँ महानगरले १०० बेडको ‘महानगर विशेष अस्पताल’ बनाउने

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा कोभिड-१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘कोभिड-१९ बाट संक्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ । ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको काठमाडौं महानगर विशेष अस्पताल निर्माण गरिनेछ, अस्पतालको सञ्चालन तथा व्यवस्थापन एक स्वायत्त संरचना वा सहकार्यबाट गरिनेछ ।’

महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने, यस्ता फार्मेसी सञ्चालकहरूलाई महानगरपालिकामा तिर्नु बुझाउनुपर्ने कर, शुल्क, दस्तुरमा सहुलियत प्रदान गर्ने, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा गर्ने, महानगरवासीहरुका लागि बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि महानगपालिकाले नीति लिएको छ ।

नीति(कार्यक्रममै भनिएको छ, ‘महानगरक्षेत्रभित्र रहेका होटल, रेष्टुरेन्ट, खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्दति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाई र सेवाग्राहीले खाना(खाजा उपभोग गर्ने स्थल समेतको समग्र मुल्यांकन गरी त्यस्ता सेवा प्रदायकहरुको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचिकृत एवं वर्गिकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्नेछ । नेपाल एम्बुलेन्स सेवाले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता अध्ययन गरी एम्बुलेन्स सेवालाई निशुल्क, सरल र पहुँचयोग्य बनाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021