२० लाखको राहत सामाग्रीसहित राष्ट्रिय युवा संघको टोली गयो सिन्धुपाल्चोक

काठमाडौँ, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको टोली करिव २० लाखको राहत सामाग्रीसहित सिन्धुपाल्चोकको मेलम्चीलगायतका बाढि पहिरो प्रभावित क्षेत्रमा गएको छ ।

दुई दिन अघि बाढी र पहिरोका कारण ठूलो मात्रामा भौतिक तथा मानविय क्षती भएको स्थान मेलम्चीको लागि संघको टोलीले राहत सामाग्री, विभिन्न स्वास्थ्य सामाग्री तथा बन्दोवस्तीका सामाग्रीहरु सहित अहिले मेलम्ची, हेलम्बु तर्फ गएको छ । उक्त टोलीलाई एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले संघको टोलीलाई विदाई गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको विशेष पहलमा भक्तपुरबाट रु पाँच लाखको सामाग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाहरुबाट संकलीत करिव रु २० लाख वरावरको राहत, स्वास्थ्य तथा वन्दोवस्तीका सामाग्रीहरु लिएर संघको टोली मेलम्ची तर्फ गएको हो । भक्तपुरबाट संकलित उक्त रु पाँच लाखको सामाग्रीहरु संघका संघका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लबन्जर,सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, संजिव कुमार झा, असोक चौलागाई, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

भक्तपुरमा रहनुभएका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकम सहित संघको जिल्ला कमिटीले करिव रु पाँच लाख वरावरको सामाग्रीहरु संघका संघका अध्यक्ष पौडेललाई संघको केन्द्र्रीय कार्यालय नयाँ बानेश्वरमा हस्तान्तरण गरिएको छ । संघको केन्द्रीय निर्देशन अनुसार भक्तपुरले आफ्नो जिम्मेवारी पूरा गरेको हो ।

भक्तपुरबाट भएको सहयोगहरुको सूची

जनताको दुःखको सारथीको रुपमा विगतदेखी नै स्थापीत भएको संघले सिन्धपाल्चोकवासीको पिडालाई मलम लगाउने उद्देश्यका साथ संघका अध्यक्ष पौडेलेसहित पदाधिकारीको नेतृत्वमा हाल राहत, स्वास्थ्य सामाग्रीलगायतका कुराहरुको व्यवस्थापन भइरहेको छ । आज संकलित करिव २० लाख बरावरको सामाग्रीहरु आजै पिडितलाई वितरण गरिने संघले जनाएको छ ।

बाढी पहिरोमा परि हालसम्म सिन्धुपाल्चोकमा ७ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने दर्जनौं बेपत्ता भएको खबर प्राप्त भएको छ । पिडितलाई राहत तथा उद्धारको लागि विहानदेखी नै हेलिकप्टरको समेत प्रयोग गरिएको छ । जसको मुख्य नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले गरिरहनुभएको छ । मन्त्री तामाङले घटनास्थलमा नै पुगी त्यहाँको वस्तुस्थितीको वारेमा जानकारी लिई आवश्यक कदमको बारेमा स्थानीयवासी, प्रशासन तथा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कदम चालिएको छ । जसले गर्दा हाल उद्धार तथा राहतका कार्यक्रमहरु व्यापक मात्रामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021