सांसद पहारीद्वारा अक्सिजन कन्सन्टेटर हस्तान्तरण

पोखरा, ३ असार । नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीद्वारा कोरोना रोकथाम तथा नियन्त्रणको लागि अति आवश्यक कन्सन्टेटर हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थित झोवाङको स्वास्थ्य चौकी लागि उक्त कन्सन्टेटर सांसद पहारीले हस्तान्तरण गर्नुभयो । रु एक लाख ५० हजार पर्ने उक्त कन्सन्टेटर सवस्थ्य चौकीको लागि हस्तान्तरण गरिएको हो ।

जोय फाउण्डेसन काठमाडौँ ठमेलको सहयोगमा उक्त कन्सन्टेटर सांसद पहारीले नेकपा एमाले नेता विष्णु केसी तथा गाउँपालिकाका पार्टी कमिटी सचिव विवेक देवकोटालाई आज हस्तान्तरण गर्नुभयो । उहाँहरुको माध्यमबाट स्वास्थ्य चौकीलाई वितरण गरिने छ ।

उक्त कार्यक्रममा बोल्दै सांसद पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सबै आफ्नो आफ्नो तहबाट लाग्नु जरुरी रहेको बताउनुभयो । मानिसको सचेतना र सतर्कता नै कोरोना नियन्त्रणको महत्वपूर्ण कार्य भएकाले सवै नागरिकले स्वास्थ्य मापदण्ड पालना गरी संक्रमणलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो । सवैले मिलेर अगाडी बढेमा कोरोना मात्र नभई जस्तोसुकै समस्यालाई समाधान गर्न सकिने उल्लेख गर्दै सांसद पहारीले कोरोना संक्रमण, बाढी पहिरो, राहत, स्वास्थ्य समाग्रीलगायतका जस्तोसुकै समस्या आएमा तत्काल सम्पर्क गर्न आग्रह समेत गर्नुभयो । जनताको समस्यालाई समाधान गर्न आफु जहिले पनि हाजिर हुने प्रतिवद्धता समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021