पाकिस्तानको ईश्वरनिन्दा सम्बन्धी कानुन महिला अधिकार दबाउन पनि प्रयोग

इस्लामाबाद, ३ असार । पाकिस्तानको विवादास्पद ईश्वरनिन्दा या इस्लाम धर्मप्रति अपमान सम्बन्धी कानून महिला अधिकारकर्मीबिरुद्ध प्रयोग गर्न थालिएको छ ।

हालसालै दुई पाकिस्तानी अदालतहरूले ईश्वरनिन्दा कानूनको उल्लंघन गरेको आरोपमा पाकिस्तान महिला मार्चका आयोजकहरू विरुद्ध मुद्दा दर्ता गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएको थियो । उक्त आरोप पुष्टि भए इस्लाम धर्मप्रति अपमान गर्नेलाई मृत्युदण्ड समेत दिनसक्ने पाकिस्तानमा व्यबस्था छ ।

पाकिस्तानले लामो समयदेखि मुलुकका अल्पसंख्यक समुदायलाई नियन्त्रणमा राख्न उक्त हतियारको प्रयोग गर्दै आएको छ । गत मार्चमा महिला अधिकारकर्मीले लाहोर, हैदराबाद, सुकुर, कराँची, इस्लामाबाद र पेशावर लगायत पाकिस्तानका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कार्यक्रमको आयोजना गर्दै महिला अधिकारको माग गरेका थिए ।

यो वार्षिक जमघटमा प्रतिबन्ध लगाउन खोज्ने कट्टरपन्थी इस्लामाबाद उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । महिला मार्चको बखत ईश्वरनिन्दाको नारा प्रयोग गरिएको कट्टरपन्थीहरुको आरोप छ । तर आयोजकहरूले मार्चमा सहभागीले महिला अधिकारको कुरा गरेको तर इस्लाम धर्मप्रति कुनै अपमान नगरेको बताउँदै आएका छन् । पाकिस्तानमा धार्मिक स्वतन्त्रता दयनिय रहेकाले कसैमाथी नियन्त्रणमा राख्न इस्लाम धर्मको अपमानको आरोप लगाएर मुद्दा चलाइने गरिएको छ । स्रोतः याहु न्यूज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रेपलाञ्चोक, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०

काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा)

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021