उईघुरबारेको ट्वीट्पछि टर्कीले बोलायो चिनियाँ राजदूत

अंकारा, ३ असार । चीनले उईगुरमाथीको कारबाहीको आलोचना गर्ने टर्कीका दुई शीर्ष राजनीतिज्ञको आचोचना गरेपछि टर्कीले चिनियाँ राजदूतलाई सोधपुछका लागि बोलाएको छ ।

टर्कीको गुड पार्टी नेता मेरल अक्सेनर र अंकराका मेयर मन्सूर यावासले सन् १९९० अप्रिलमा पृथकताबादी उईघुर र चिनिया सेनाबीच भएको द्धन्द्धलाई स्मरण गर्दै गरेको ट्वीट गरेपछि टर्किस्थित चिनियाँ राजदूतावासले भत्र्सना गरेको थियो ।

उक्त घटनाको फरक फरक लेखाजोखा रहेपनि सो द्धन्द्धपछि हजार्रौ मुस्लिम उईघुरहरु टर्कीमा शरण लिई शरण लिइ बसिरहेका छन् । उनीहरुको ट्वीटप्रति प्रतिक्रिया दिँदै टर्कीस्थित चिनियाँ दूताबासले चीन कुनै पनि व्यक्ति वा शक्तिले यसको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै चुनौतीको भत्र्सना गर्दछ भन्दै उनीहरुको बिरोध गर्दै उनीहरुको ट्वीटरमा ट्याग गर्दै ट्वीट गरेपछि टर्कीमा बिरोध भएको थियो ।

टर्कीको विदेश मन्त्रालयले उक्त घटनाबारे बुझ्न चिनियाँ राजदूत लियू शाओबिनलाई बोलाएको थियो। राजदूत शाओबिनले चिनियाँ पक्षले आफ्नो उत्तर दिने अधिकार संरक्षीत रहेको बताएको जनाइएको छ। टर्कीको विदेश मन्त्रालयले चिनियाँ दूतावासको ट्वीटप्रति चिन्ता व्यक्त गरेको संचार माध्यमहरुले जनाएका छन् । स्रोतः एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021