‘दुःखको सारथी अनेरास्ववियुः निरन्तर जनताको साथमा’

काठमाडौँ, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले जहाँ जनतालाई दुःख र पिडा हुन्छ, त्यहाँ सारथीको रुपमा आफ्नो विगतको पहिचनालाई पुनः स्थापीत गरेको छ ।

मुलुकका विभिन्न भागहरुमा गएको बाढी पहिरोका कारण भौतिक तथा मानविय क्षती भएको स्थानहरुकाजनताको दुःखको सारथी बन्दै अनेरास्ववियुले मानविय सेवा नै सवैभन्दा ठूलो कार्य भएको कुरालाई स्थापीत गरेको छ ।

मुलुकको सिन्धुपाल्चोक, कास्की, मनाङ, चितवनलगायतका धेरै जिल्लामा बाढी पहिरोका कारण भौतिक तथा मानविय क्षतीलाई मध्यनजर गर्दै आज अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा बाढी पहिरो प्रभावित जनताको दुखेको घाउमा मलम लगाउन उद्देश्यका साथ उक्त स्थानमा गई जनताको दुःखमा केही मात्रामा भए पनि संगठनले राजनीतिक सेवा हो भन्ने कुरालाई व्यवहारिकतामा लागु गरेको छ ।

आज अनेरास्ववियुको आयोजनामा पिडितलाई औषधी, चिकित्सकसहितको टोली राहत वितरण तथा उद्धारमा खटिएको छ । संगठनले २०० बोरा चामल, २०० प्याकेट खानेतेल, ५० थान त्रिपाल, २५ थान टेण्ट, करिव तीन लाख बराबरको औषधीलागयतका सामग्रीहरु वितरण गरेको छ । अनेरास्ववियुले आज वितरण गरेको करिव १० लाखको सामाग्रीहरु रहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परि हालसम्म सिन्धुपाल्चोकमा ७ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने दर्जनौं बेपत्ता भएको खबर प्राप्त भएको छ । पिडितलाई राहत तथा उद्धारको लागि विहानदेखी नै हेलिकप्टरको समेत प्रयोग गरिएको छ । जसको मुख्य नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले गरिरहनुभएको छ । मन्त्री तामाङले घटनास्थलमा नै पुगी त्यहाँको वस्तुस्थितीको वारेमा जानकारी लिई आवश्यक कदमको बारेमा स्थानीयवासी, प्रशासन तथा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कदम चालिएको छ । जसले गर्दा हाल उद्धार तथा राहतका कार्यक्रमहरु व्यापक मात्रामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021