जसपाको कुनै बैठक नरहेको ठाकुरद्वारा निर्वाचन आयोगलाई जानकारी

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताउनुभएको छ ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख गर्दै त्यस प्रकारको कुनै बैठक नरहेको सबैलाई बताउनुभयो । उहाँले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुनका लागि आग्रह समेत गर्नुभएको छ ।

त्यसैगरि अध्यक्ष ठाकुरले असार ३ गते जसपाको कुनै पनि बैठक नरहेको जानकारी निर्वाचन आयोगलाई समेत गराउनुभयो । जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले निर्वाचन आयोगमा गएर बैठक नरहेको पत्र दर्ता गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021