उद्धार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई एमालेको निर्देशन

काठमाडौँ, २ असार । नेकपा एमालेले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको उद्दार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको र कतिपयको ज्यान ज्यान गुमाएको तथा घरबारबिहीन हुनुपरेको अवस्थामा पार्टी चिन्तित भएको उल्लेख गरिएको छ ।

एमालेले तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीले ज्यान जोखिममा राखी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुको उच्च प्रशंसा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021