जिसस काठमाडौँ र शङ्खरापुर नगरपालिकाबीच सम्झौता

काठमाडौँ, २ असार । जिल्ला समन्वय समिति काठमाडौंँ र शङ्खरापुर नगरपालिकाबीच शङ्खरापुर नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्वीकृत १२ करोड ५० लाख रकम मध्ये जिल्ला समन्वय समितिबाट ७ करोड ४९ लाख रुपियाँ पाउने गरी मंगलवार जिसस र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा जिससका प्रमुख शिवसुन्दर राज बैद्य र शङ्खरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको र रोहबरमा सम्झौता भएको हो । जिल्ला समन्वय समितिको मौजाद कोष सञ्चालन निर्देशिका बमोजिम शङ्खरापुर नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँबीच सम्झौता गरिएको हो ।

भवन निर्माण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी शङ्खरापुर नगरपालिकाको हुने, कार्यक्रम कार्यान्वयनका लागि खर्च भएको रकमको लेखा राख्ने तथा लेखा परिक्षण गर्ने समेत कार्य नगरपालिकाले गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । नगरपालिकाको आयोजना कार्यान्वयन तालिका संशोधन गर्नु परेमा सोको विवरण समेत जिसस काठमाडौँमा पठाउनुपर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात जिसस काठमाडौंँका प्रमुख शिवसुन्दर राज बैद्यले नगरपालिकाको प्रशासनीक भनव निर्माणका क्रममा जिससले आवश्यक समन्वय गर्ने बताउनुभयो । शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले निर्धारित समयभित्रै भवन निर्माण गरिसक्ने बताउनुभयो । त्यस्तै जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले काठमाडौं जिल्ला भित्र भएका नगरपालिकाको प्रशासनिक भवन निर्माणको क्रममा जिल्ला समन्वय समितिले नियमित अनुगमन गरी आवश्यक सुझाव प्रदान गर्दै आएको र शङ्खरापुर नगरपालिकाको भवन निर्माण गर्ने क्रममा पनि जिससबाट नियमिति अनुगमन गरी आवश्यक समन्वय गर्ने जानकारी दिनुभयो । सो अवसरमा जिसस काठमाडौँका उपप्रमुख सरिता दाहाल, शङ्खरापुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, जिसस काठमाडौँका शाखा अधिकृत मधु अर्याल सहित अन्य कर्मचारी सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021