झलनाथ खनालको वक्तव्यले माधव नेपाल समूहमा खैलाबैला

काठमाडौँ, २ असार । थप उपचारका लागि दिल्ली उड्नुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वक्तव्यले माधव कुमार नेपाल समूहमा खैलावैला मच्चिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले जारी गर्दै पार्टीलाई फुटबाट जोगाउन अपील गर्नुभएको थियो । जनताको चाहना विपरीत देखिएको गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी गम्भीर संकटमा पुगेको भन्दै उहाँले विज्ञप्तीमा भन्नुभएको छ, ‘…त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’

तर खनाल दिल्ली पुग्दा नपुग्दै एमालेमा खैलाबैला सुरु भयो । खनालको वक्तव्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले ‘हर्षबढाइँ’कै शैलीमा प्रचार गरे भने खनाल आवद्ध भएको माधवकुमार नेपाल समूहका कतिपय नेताले शंकाभाव देखाए । माधव समूहका नेता तथा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त सार्वजनिक रुपमा वक्तव्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन । उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ ।’

एमाले नेता विजय पौडेलले पनि ट्वीटरमा झलनाथ खनालको नाममा अरुले वक्तव्य निकालेर फट्याईं गरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस ।’ कतिपय नेताहरुले भने खनालको वक्तव्यमा अनावश्यक विवाद गर्न खोजिएको बताएका छन् । खनालको सचिवालयका एक सदस्यका अनुसार यो वक्तव्यको मस्यौदा भीम आचार्यले गरेका हुन् । तर खनाललाई पढेर सुनाइएको थियो । आचार्यले भने खनालले नै तयार पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको वक्तव्य उहाँ आफैंले तयार पार्नुभएको हो, सचिवालयले सम्प्रेषण गरेको हो । उहाँको वक्तव्य मैले पनि पढेँ, मलाई त ठीकै लाग्यो ।’ तर माधव समूहकै कतिपय नेताहरुले वक्तव्यमाथि प्रश्न उठाएका छन् नि भन्ने प्रश्नमा आचार्यले भन्नुभयो, ‘पार्टीको दुबै समूहमा उग्रवादीहरु छन् । ओली समूहमा जसरी पनि खेल्नुपर्छ भन्नेहरु छन् भने यतापट्टी जबरजस्ती फुट्नुपर्छ भन्नेहरु छन् । उनीहरु एकताका लागि पहल गर्दैनन्, गर्नेहरुमाथि प्रहार गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस