विपद् प्रतिकार्य योजना पारित, सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ ।’

सिन्धुपाल्चोकको मेलम्ची बजारमा अवस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’मा काम गर्दै आएको उदाहरण भएको बताउनुभयो । यसैगरी नुवाकोटको दुप्चेश्वरमा ठूलो ढुंगा भिरमा अड्किएको र त्यसले समुदायमा क्षति पुर्याउउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्रणाम गुरुदेव, लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु

तेज बहादुर ढकाल ॐ वम वरुणाय नमः पाठक बृन्द । बरुण देबको महिमा अपारम्पार छ । सनातन धर्म संस्कृतिमा ब्रह्मा,

मनकुमारी जिसी, केन्द्रीय सदस्य, नेकपा एमाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म २०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्लाको

राजु पहारी मन्त्रीमण्डल पुनः गठनसँगै नेपाली राजनीति तात्यो । धेरैले आकलन नगरेका र धेरै राम्रो काम गरेका मन्त्रीहरु बाहिरिए अथवा