रिकण्डिसन अटो व्यवसायी संघद्वारा कोरोना खोपको उपलब्ध गराईदिन सरकारसँग आग्रह

काठमाडौँ, १ असार । नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि आफ्ना कर्मचारी तथा व्यवसायीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।

आज संघका कार्यकारी अध्यक्ष रमेश कोइरालाको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाई संघमा आवद्ध तीन सय जनालाई खोप उपलब्ध गराइ सहयोग गरिदिन आग्रह गरेको छ । महामारिबाट सुरक्षित रहन तथा मुलुकको आर्थिक विकासलाई टेवा पुर्याउन संघले जनताको पक्षमा आफ्नो तर्फबाट अग्र भागमा रही काम गरिरहेको स्मरण गराउँदै सरकारको जस्तोसुकै परिस्थितीको समेत सारथीको रुपमा अगाडी बढिरहने प्रतिवद्धता समेत जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले सरकारले तत्काल आम नेपाली नागरिकलाई नै खोपको व्यवस्थापन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै व्यवसायीलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । सरकार जनता तथा व्यवसायीको साथमा रहेको उल्लेख गर्दै मन्त्री तामाङले जतिसक्दो चाँडो खोपको व्यवस्थापन गर्ने बताउनुभयो ।

ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि

काठमाडौँ, १० साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको

काठमाडौँ, १० साउन । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ । रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी

काठमाडौँ, १० साउन । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद्