नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै

काठमाडौँ, १ असार । नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदैछ ।

कोरोना भाइरसको जोखिमका कारण गएको वर्ष जस्तै यसपालि पनि ढिलो गरी नयाँ शैक्षिक सत्र सुरु हुने लागेको हो ।  कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो । कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हो ।

आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइलाई अगाडि बढाउने शिक्षा मन्त्रालयले यसअघि नै भनिसकेको छ । आउँदो १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण राख्ने काम पूरा गर्नुपर्ने छ । आजदेखि बिहान ११ बजेसम्म पुस्तक पसल खुल्ने छन् ।

कक्षा ११ को पठनपाठन भने भदौदेखि सुरु हुँदैछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन सकेर साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौदेखि नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate