सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काँग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आइतबार काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै काँग्रेसले एक असल नेता गुमाएको जनाएका छन् । काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अधिकारीले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले  उनीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ -साविक दुराडाँडा गाविस चारघरे) मा जन्मिएका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म काँग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति थिए ।
 
पार्टीको विभिन्न तहको पदमा रही कार्य गरेका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील भएका थिए ।

काँग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उनले पटक पटक जेल जीवन समेत व्यतित गर्नु भएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व.अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका