निर्माण व्यवसायी समृद्धिको ‘पिलर’ : अर्थमन्त्री पौडेल

काठमाडौँ, ३१ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरूलाई समृद्धिको ‘पिलर’ भएको बताउनुभएको छ ।
सोमबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलहरुको टोलीसँगको भटघाटमा उहाँले निर्माण व्यवसायीविना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो । गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै उहाँले ‘लो कस्ट’ मा टेन्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।

महासंघ प्रतिनिधिमण्डलले सार्वजनिक खरिद नियमावली, २०६४ को छैंठौ देखि दशौं संशोधनबाट समेत म्याद थप भएका वा नभएका र तत्पश्चात समेत खरिद सम्झौता भई संचालनमा रहेका वा सम्पन्न भई म्याद थप हुन नसकी भुक्तानी हुन नसकेका सम्पूर्ण निर्माण आयोजनाहरूको म्याद २०७८ कात्तिक मसान्त सम्म स्वतः थप गर्न माग गरेको छ । गत वर्ष र यस वर्षको कोभिडको कारण, वर्षातको समय, सिजन अनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण काम गर्ने मुख्य दुई सिजन नै उपयोग हुन नसकेको पनि महासंघले जनाएको छ ।
बजेटमा उल्लेख भए अनुसार बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै घाटा नहुने र कोभिड–१९ का कारण असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन शतप्रतिशत धरौटी रकम फिर्ता हुनुपर्ने तथा बैंकमा थुप्रिएको रकम बजारमा आई सरकार र निर्माण व्यवसायी दुवैलाई राहत पुग्ने महासंघले जनाएको छ ।

अब आउने काम गर्ने सिजन २०७८ कार्तिक मसान्तदेखि २०७९ असारसम्मको समय उपयुक्त हुने भएकोले सम्पूर्ण ठेक्काहरूको म्याद सम्बन्धित् सार्वजनिक निकायका अधिकारीले थप गर्ने निर्णय मितिबाट गणना हुने गरी २०७९ साल असार मसान्त सम्म र त्यस भन्दा बढी म्याद आवश्यक पर्ने निर्माण आयोजनाको हकमा प्राविधिक पुष्ट्याइको आधारमा आवश्यकतानुसार म्याद थप गरिनुपर्ने बतायो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटका सम्बन्धमा महासंघले पेश गरेको लिखित सुझाव पत्र कार्यान्वयनका लागि सक्दो पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख