प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

जनकपुर, ३१ जेठ । प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न सांसदहरु सहभागी भएको मस्यौदा समिति गठन गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २२३ बमोजिम संशोधन मस्यौदा समिति गठन गरिएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको हो । समितिमा सत्तारुढ जनता समाजवादी ९जसपा०को तर्फबाट रामाशिष यादव र नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरी तथा विपक्षी दल नेकपा एमालेको तर्फबाट सुन्दरबहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट रामकुमार यादव तथा नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साहलाई राखिएको छ । समितिले कार्य प्रारम्भ गरेको १५ दिनभित्र काम गरिसक्नुपर्नेछ ।

समितिले प्रदेश सरकारको मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचना मैत्री बनाउन, प्रदेशसभा तथा सचिवालयलाई व्यवस्थित तथा अझै प्रभावकारी बनाउने किसिमले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)