सञ्चारमन्त्री थापाद्वारा काउन्सिलको अवलोकन

काठमाडौँ, ३१ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ ।

आज गर्नुभएको भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्घय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गर्नुभयो । सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, निमार्णधिन प्रेस सङ्ग्राहलयबारे जानकारी दिनुभयो ।

सोही अवसरमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनु भएको थियो । भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा÷शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादकपदार्थ सेवन गरेर झगडा गर्दा पाँचमहिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका

काठमाडौँ, १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान

काठमाडौँ, १० साउन । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले