आगामी हप्ता एलओसीका विषयमा भारतीय सेनामा उच्चस्तरिय छलफल गरिने

एजेन्सी, ३१ जेठ । पूर्वी लदाख को विपरित तर्फ एलओसीको भारतीय तर्फ नै चीनका सेनाहरुको बढ्दो गतिविधी अहिले भारतीय पक्षका लागि चुनौति भएको छ । यस विषयालाई लिएर भारतीय सेनाको उच्चस्तरिय नेतृत्वसंग आगामी हप्ता छलफल गरिने भएको छ ।

यस छलफलमा भारतीय सेनाको कार्यगत तयारी र कुनैपनि बेला जवाफी कारवाही गर्न सक्ने तत्परता विषयमा छलफल गरिने बताइएको छ । यस मिटिंगलाई कमाण्डर इन चिफ दर्जाका अफिसियलहरुले प्रतिनिधित्व गर्ने भनी एसिएन न्यूज एजेन्सी एएनआई लाई श्रोतले बताएको भनीएको छ । जुन १६ तारिख वाट २ दिनसम्म हुने यस मिटिंगमा एलओसीका साथै अन्य सुरक्षागत मुद्धाहरुमा समेत छलफल गरिने बताइएको छ । भारतीय सेनाका मुख्य मनोज मुकुन्द नरवानेले एलओसी विषयमा भारतीय सेनाको तयारीलाई अत्यन्त नजिकवाट हेरेको र सेना प्रमुख स्वयमले ८ पटक एलओसी सेक्टर सेभेनको भ्रमण गरेर परिस्थितीको मुल्याकंन गरिसकेको बताइन्छ ।

चिनियाँ सेनाले आफ्नो परम्परागत तालिम केन्दमा ठूलो स्तरको सैन्य अभ्यास गरिरहेको छ। भारतीय पक्ष चिनियाँ पक्षसंग यथाशक्य छिटो संवादका माध्यमले समाधान गर्ने कुरामा आशावादी रहेको बताइएको छ । गतवर्ष चिनियाँ पक्षले भारतीय सिमातर्फ भारी मात्रामा आक्रामक सैन्य गतिविधी प्रदर्शन गरेपछि दुबै देशको सिमामा सैन्य उपस्थिती बढेको हो । हुन त सैन्य एवं कुटनैतिक पहलका कारणले पानगोगं तालको क्षेत्रवाट चिनिँया सेना हटेको त थियो यद्धपी अझै भारतचीन सिमाका धेरै स्थानहरुमा चिनिँया सेनाहरुको उपस्थिती आक्रामक नै रहेको बताइएको छ ।

यसक्रममा भारतीय पक्षले प्रतिउत्तरमा भारी हातहतियारका साथमा आफ्ना ५० हजार सेनालाई सिमामा चिनिँया आक्रामक प्रवृतिको जाँचका लागि खटाएको छ । स्रोतः द टाइम्स अफ इन्डिया

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्