अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट

काठमाडौँ, ३१ जेठ । अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।

अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सिजनको समस्या बेहोर्नु नपर्ने बताए ।

कोरोनाको दोस्रो लहरका क्रममा एक्कासि अक्सिजन अभाव हुँदा धेरै व्यक्तिले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजनको माग अत्यधिक बढेपछि धेरैले महँगो मूल्य तिरेरै भए पनि अक्सिजन सिलिन्डर किनेका थिए । प्रधानमन्त्री ओलीले भारतबाट अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री आयात गर्ने क्रममा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राखेको र त्यो अब पूरा हुने स्पष्ट पारे । हरेक सय बेडभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले यस्तो महामारीमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर उचाइमा पुगेको बेला मुलुकमै लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास प्रशंसनीय र देशप्रति उत्तरदायीपूर्ण भएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको