प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, ३० जेठ । प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ । सत्तारुढ एमाले (खनाल–नेपाल) पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ ।

प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार रहेको छ । एमालेको ५१, (१८ खनाल–नेपाल) काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी