काँग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

काठमाडौँ, ३० जेठ । बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

आइतबार एमाले निकट युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराउनुभएको हो । सांसद वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले जानकारी दिनुभयो ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिनुभएको थियो । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले