नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, ३१ जेठ । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । 

नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन दुई सय २० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको व्यापारमा तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयरको खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्त, विकास बैङ्क र जलविद्युत समूहको परिसूचकमा उछाल आएको छ । शेयर संख्या र कारोबार संख्याका आधारमा नेशनल हाइड्रो पावरको सर्वाधिक पाँच हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता सेयरको खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा युनाइटेड आईडीआई मर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)