यो अप्राकृतिक गठबन्धनको आयु लामो छैन: नेता गुरुङ

पोखरा, ३० जेठ । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान अप्राकृतिक गठबन्धनको आयु लामो नभएको बताउनुभएको छ ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै तर गठबन्धनको आयु लामो नहुने दावी गर्नुभयो । गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रदेशमा अव एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ । तर गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन । मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।’

राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने गरेको उल्लेख गर्दै नेता गुरुङले गठबन्धनकातर्फबाट नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धनले शनिबार प्रदेश प्रमुखको कार्यालय घेराउ गरेर राजनीतिक आचरण नदेखाएको भन्दै रातारात त्यस्तो गर्नुपर्ने आवश्यक्ता आफुले नदेखेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी