गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठक: जनताको कामलाई हैन, नेताको पद र प्रतिष्ठालाई प्राथमिकता

पोखरा, ३० जेठ । नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद संहालेसँगै जनताको कामलाई भन्दा पनि नेताको नाम, पद र प्रतिष्ठालाई पहिलो प्राथमिकता दिनुभएको छ । नवनियुक्त मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यमन्त्रीलाई सम्मान गर्ने ऐन बनाउने निर्णय गरेको छ ।

जनताबाट पुरस्कृत भए जनप्रतिनिधिलाई त्यो नै सवैभन्दा ठूलो सम्मान हुने कुरालाई भुलेर राजकीय सम्मानको लागि मुख्यमन्त्री पोखरेलले आफ्नो शुरुवाती कालमा नै जनताको मनमा चिसो हुने निर्णय गर्नुभएको छ । राम्रो काम गर्नेलाई जनताले आफै पुरस्कृत गर्ने कुरा स्पष्ट हुँदा हुँदै पनि पुरस्कृत हुनकै लागि ऐन नै बनाउनुपर्ने किन पर्यो ? अबका दिनमा जनताले यसको जवाफ माग्ने दिन अवश्य नै आउने छ ।

मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ ।’

गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने हुनुभएको छ । जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उहाँले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले