महाधिवेशन सार्ने काँग्रेसको निर्णय : यस्ता छन् निर्णयहरु

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेस १४ औं महाधिवेशन एक हप्ता पछाडि सार्ने निर्णय गरेको छ ।

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ । गत फागुनमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको बताइएको छ । आगामी असार ३ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्नेछ ।
काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार यसअघि असार ५ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते, प्रदेश अधिवेशन २०७८ भदौँ १ र २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले