पृथ्वीसुब्बाद्वारा मुख्यमन्त्री पोखरेललाई बधाई

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ ।

गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरी आफू र पार्टीको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिनुभयो । विपक्षी गठबन्धनको समर्थन पाएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यसअघि जनता समाजवादी पार्टी ९जसपा०को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गरी पदमुक्त भएका कृष्ण थापाको समर्थनमा गुरुङले पनि दाबी पेश गर्नुभएको थियो । त्यसलाई लिएर विपक्षीहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । एमाले संसदीय दलका नेता गुरुङले भने आफूले दाबी गरेको भए पोखरेलको बहुमत पुग्नै नसक्ने जिकिर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले