पूर्वमन्त्री बस्नेतद्वारा ‘नमुना पार्क’ शिलान्यास

भक्तपुर, २९ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट खड्का गाउँ स्थिती नमुना पार्कको शिलान्यास गर्नुभएको छ ।

कोरोनाको संक्रमणका कारण मुलुकमा अधिकांश आयोजनाहरुको निर्माण कार्य बन्द भइरहेको अवस्थामा पनि भक्तपुरमा भने निरन्तर भइरहेका छन् । पहिलेदेखी निर्माण भइरहेका आयोजनाहरुको निरन्तर निर्माणमात्र नभई नयाँ आयोजनाहरुको समेत शिलान्यास भई निर्माणलाई अझ बढी तिव्रता दिइरहेको छ । सोही क्रममा आज पूर्वमन्त्री वस्नेतले उक्त नमुना पार्कको शिलान्यास गर्नुभएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वारा विनियोजित रु ५० लाखको लागतमाउक्त नमुना पार्क निर्माणको लागि शिलान्यास सम्पन्न गरिएको हो । चालु वर्षको वडा कार्यालय पर्ति जग्गा सरक्षणमा बिनियोजित रु. ५ लाख मध्येबाट सार्वजनिक जग्गा छुट्टयाइएकोमा १५ रोपनी जग्गामा उपत्यका बिकाश प्राधिकरणबाट बिनियोजित रु. ५० बाट नमुना पार्क निमार्णको शिलान्यास गरिएको हो ।

प्राकृतिक सुन्दरता र स्वास्थ्यको दृष्टिकोले समेत शहरी क्षेत्रहरुमा पार्क, फुट ट्रयाललगायतका कार्यहरुलाई विशेष प्राथमिकता दिन आवश्यक रहेको औंल्याउँदै नेता बस्नेतले पार्कहरुको निर्माणले आन्तरिक तथा वाह्य पर्यटकको आगमन सँग सँगै रोजगारीको सिर्जना हुनेमा जोड दिनुभयो । देशमा नै युवाहरुलाई रोजगारीको व्यवस्थापन गर्न सके मुलुकको विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा अगाडी बढाउन सकिने औंल्याउँदै उहाँले आर्थिक विकासको मेरुदण्डको रुपमा आवश्यक पर्ने योजनाहरुलाई विशेष प्राथमिकता दिई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डको पालना गरी शिलान्यास कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, ७ का वडा वडाध्यक्ष रविन्द्र सापकोटा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

त्यस्तै नेता बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं ७ साबिक गुण्डू ९ को ५२ रोपनि प्रति जग्गा (कान्छी डाडा)मा औद्योगिक ग्राम निर्माण गर्न नेपाल सरकारबाट ९२ लाख बजेट स्वीकृत गराई उक्त स्थान पुर्वाधार विकासका लागि स्थलगत निरिक्षण गर्नुभयो । निरिक्षण कार्यक्रममा नेता बस्नेत साथमा नगरप्रमुख बासुदेव थापा र प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कडेललगायतको उपस्थिती रहेको थियो । उक्त स्थानमा पहुच मार्ग निर्माण तत्काल सुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्