नीति तथा कार्यक्रमका एक–एक बुँदालाई बजेटमा समावेश गरिनेछ: मुख्यमन्त्री पौडेल

हेटौंडा, २९ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारका नीति तथा कार्यक्रमहरुका एक एक बुँदालाई बजेटमा समावेश गरिने बताउनुभएको छ ।

प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर नीति तथा कार्यक्रम र बजेट लगायतका काम गर्न नहुने उल्लेख गर्दै उहाँले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सरकारले आफ्नो कार्यक्षेत्रभित्र रहेको काम गर्नुपर्ने भएकाले सोही अनुसारको प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको दावी गर्नुभयो ।

सरकारले कोरोना नियन्त्रण, उपचार र आर्थिक सहायताका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेकाले सरकार प्रदेशवासीहरू प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको एक–एक बुँदालाई कार्यान्वयनका लागि बजेटमा प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले कोरोना विरुद्धको खोप उपलब्ध गराउनका लागि सम्बन्धित संस्थाहरुसँग छलफल भइरहेकाले खोपको सुनिश्चितताका लागि सक्रिय रहेको उहाँको भनाइ छ । संघीय सरकारले अनुमति दिने वित्तिकै प्रदेश सरकारले खोप खरिदको कामलाई अगाडी बढाउने उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उठाएको विद्युतीय बस र सुरुङ मार्गको विषयमा जवाफ दिँदै प्रदेश सरकारले सुरुङ मार्ग निर्माण गरी इतिहास रच्नु पर्ने उहाँले भन्नुभयो, ‘सुरुङ मार्ग निर्माणका लागि कुल लागत १८ अर्व भनिए पनि हाल १६ अर्बमा सम्पन्न हुने देखिएको छ । त्यसका लागि संघीय सरकारको सह लगानीमा प्रदेश सरकारले बनाउने हो भने प्रदेश सरकारले ८ अर्व लागत व्यहोर्नु पर्छ । जुन ४ वर्षमा सम्पन्न हुँदा वार्षिक २ अर्ब बजेट विनियोजन हुने अवस्था रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी