पाकिस्तानले अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने प्रयासले सफलता पाएन

इस्लामाबाद, २९ जेठ । पाकिस्तानले अमेरिकासंग सम्बन्ध पुनर्जीवित गर्न पाकिस्तानले गरेको प्रयासलाई ले खासै सफलता हाँसील गर्न नसकेको देखीएको छ ।

पाकिस्तानले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसंगै उक्त प्रशासनसंग सम्बन्ध सुधारका लागि गरेको प्रयासमा अमेरिकी प्रशासनले खासै महत्व नदिएको जनाईको छ । पाकिस्तानले बाइडेन प्रशासन आएसंगै अमेरिकासंगको सुरक्षा र आर्थिक सहयोगको अपेक्षा राख्दै आएको थियो ।

राष्ट्रपति बाइडेनले पाकिस्तानलाई राम्ररी बुझेको र नयाँ समझदारीको मार्ग प्रशस्त गर्न मद्दत पुर्याउँने भन्दै पाकिस्तान आशावादी बनेपनि अमेरिकाले महत्व नदिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । नीति निर्माणमा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले द एक्सप्रेस ट्रिब्यूनलाई पाकिस्तान अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा द्विपक्षीय लेन्स मार्फत विकास गर्न चाहेको र चिनियाँ लेन्स वा भारतीय लेन्सबाट बुझ्न नचाहेको बताएका छन् । स्रोतः इन्डीया ब्लुम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)