राष्ट्रिय युवा संघ काठमाडौँले भन्यो, ‘बैद्यको अभिब्यक्ती अपराधिक मानसिकता, तत्काल कारवाही गर’

काठमाडौँ, २९ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी काठमाडौँले कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति कडा रुपमा खण्डन गरेको छ ।

कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो । वैद्यको सो अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले समेत आपत्ती जनाई सार्वजनिक रुपमा माफि माग्नलाई निर्देशन समेत दिनुभएको छ ।

संघका जिल्ला संयोजक सन्तोष अर्यालले आज एक विज्ञप्ती जारी गर्दै सांसद बैद्यको अभिव्यक्ति अपराधिक तथा आतकंकारी मानसिकताको भएको भन्दै कडा रुपमा आपत्ती जनाएको छ । संघले तत्तकाल सांसद वैद्यलाई पक्राउ गरी कानुनी कारवाही गर्न नेपाल सरकारसँग माग समेत गरेको छ ।

विज्ञप्ती

बागमती प्रदेश सभाको मिती २०७८ जेठ २८ गतेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा लीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ती दिएको प्रति युवासंघ नेपाल काठमाडौँ जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने बैद्यको अभिब्यक्ती अपराधिक मानसिकताको उपज हो । देशको प्रधानमन्त्री जत्तिको मान्छेलाई माननीय सांसद जत्तिको मान्छेले आतंककारी शैलीमा हत्या जत्तिको जधन्य अपराध गर्छु भनी भन्नू आफैमा गलत कार्य भएकाले यस्तो भनाईले सम्माननिय प्रधानमन्त्री केपी ओलीको सुरक्षामा उचित व्यवस्था गर्नु पर्ने देखिन्छ ।

हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन माननीय सभामुखलाई राष्ट्रिय युवा संघ नेपाल, काठमाडौँ जिल्ला कमिटी गम्भीर ध्यानाकर्षण गराउँछ । संसदीय मर्यादा विपरीत आएको अभिब्यक्तीप्रति खेद प्रकट गर्दै हाम्रा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि लाखौँ युवा बलिदान दिन तयार रहेको जानकारी गराउदैं अपराधिक मानसिकता भएका यस्ता सांसदलाई हदैसम्मको कारवाहीको माग गर्दछौं ।

राष्ट्र, राष्ट्रियता र जनताप्रति ममतामयी भाव राख्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको बढ्दो लोकप्रीयताबाट डराएका विपक्षीहरुको कायरता पूर्ण सोचबाट युवाहरु अविचलीत भई आफ्ना अध्यक्षको सुरक्षाका लागि कटीबद्ध हुन आम युवा साथीहरुमा हार्दिक आग्रह गर्दछु ।

सन्तोष अर्याल,

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं संयोजक

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले