काठमाडौँ–तराई-मधेस द्रुतमार्गमा पौने दुई लाख बिरुवा रोपिए

काठमाडौँ, २९ जेठ । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई-मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २० हजार रुख तथा बोट बिरुवाको शोधभर्ना स्वरूप ती बिरुवा रोपिएका हुन् ।

दु्रतमार्ग निर्माण गर्ने क्रममा काटिएको एक रुख/बिरुवाको सट्टा २५ बिरुवा रोप्ने सहमति वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग निर्माण परियोजनाबीच भएको थियो । द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी विकास पोखरेलका अनुसार दुई वर्षको अवधिमा बिरुवा रोपणलाई व्यापकता दिइएको छ । दु्रतमार्ग निर्माणमा काटिएका रुखको शोधभर्नाबापत सरकारी तथा सामुदायिक वनको खाली जमिनमा पाँच वर्षभित्र पाँच लाख बिरुवा रोप्नुपर्छ ।

बाराको कछडिया–नागमणि, लालगाउँ–जनहित, सहजनाथ–कोहल्वी र रामवन सामुदायिक वनको १६६.३७ हेक्टरमा रोपिएका कतिपय बिरुवा दुई मिटर अग्ला भइसकेका छन् । ती वनमा फलफूल जातिका १९ हजार र वन प्रजातिका एक लाख ५७ हजार पाँच सय बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणको जिरो प्वाइन्ट निजगढ बारा भएकाले वृक्षरोपणमा स्थानीय सामुदायिक वन विशेष प्राथमिकतामा परेका हुन् । आर्थिक वर्ष २०७७/७८ भित्र २०१ हेक्टरमा वृक्षरोपण गरिसक्ने लक्ष्य अनुरूप तीव्र गतिमा काम भइरहेको परियोजनाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल ।  मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी

नारायणगढ, ६ बैसाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत

काठमाडौँ, ६ बैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड