त्रिविले स्नातकोत्तर तहका नयाँ भर्ना अनलाइनबाट खोल्ने

काठमाडौँ, २९ जेठ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । 

यसअघि स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना (कोभिड–१९) प्रभावका कारण त्यो प्रभावित भएको थियो । यसका साथै स्नातक तहको कतिपय परीक्षाफल अझै प्रकाशित हुन बाँकी रहेका कारण पनि भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

विश्वविद्यालयमा यो भर्ना खुलेपछि विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । अनलाइनबाट भर्ना प्रक्रिया खुला गरिए पनि जनजीवन सामान्य भएको अवस्थामा थोरै विद्यार्थी भएका विषयमा भौतिक उपस्थितिमै पनि आवेदन दिन सकिने व्यवस्था मिलाइने जानकारी उनले दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले